शुक्रबार, फाल्गुन १, २०८२
Friday, February 13, 2026

अस्ट्रेलियामा ग्लोबल स्ट्यान्डिङ कमिटी गठन

दिगो विकास, नवप्रवर्धन, कूटनीति, व्यापार, शैक्षिक, र सांस्कृतिक सहकार्य जोड

अनलाइनमंच
मेलबर्न, अस्ट्रेलिया
फागुन १४
हिमालयन आउट्रीच अन्तर्राष्ट्रिय अस्ट्रेलिया र ग्लोबल अलाइन्स अफ अमेरिकाको संयुक्त पहलमा ग्लोबल स्ट्यान्डिङ कमिटी गठन गरिएको छ । अस्ट्रेलियाको मेलबर्नमा आयोजित विशेष भेलाले काशि अधिकारी लामिटारको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिमा उपाध्यक्षत्रयमा नवल खडका, उर्मिला तामाङ र लिला ढकाल हुनुहुन्छ भने सचिवमा डा. प्रदीप बास्तोला, कोषाध्यक्षमा डम्बर काफ्ले रहनुभएको छ । यस्तै सदस्यहरुमा डा. ओमकृष्ण प्रसाईं, डिएन घिसिङ, हरि दत्त कंडेल, रचना श्रेष्ठ, खिमबहादुर घर्ती, पवन कंडेल, बाल ब्यास श्रवण न्यौपाने र राम कुमार कार्कि रहनुभएको छ ।

ग्लोबल स्ट्यान्डिङ कमिटीले दिगो विकास, अन्तर्राष्ट्रिय सहकार्य र शान्ति प्रवर्द्धनलाई आफ्नो प्रमुख लक्ष्य बनाएको छ । भावी कार्यक्रमहरूसाझा सम्मेलन मे २०२५, ओहायो, अमेरिकाअन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न अमेरिका र अन्य देशका संस्थाहरूसँग छलफल गर्ने । ग्लोबल समिट (अक्टोबर २०२५, नेपाल) नेपालमा अन्तर्राष्ट्रिय नेतृत्व, नीति निर्माताहरू, र व्यावसायिक समुदायको सहभागितामा ग्लोबल समिट आयोजना गर्ने लगायतका कार्य योजना रहेको जनाइएको छ । संस्थाको सल्लाहकारमा जिम ग्यासवर्टलाई नियुक्त गरिएको छ ।

ग्लोबल स्ट्यान्डिङ कमिटीको गठनले नेपाल, अस्ट्रेलिया, अमेरिका, र अन्य देशहरूबीचको कूटनीतिक, व्यापारिक, शैक्षिक, र सांस्कृतिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x