सडक बालकको कथामा बनेको फिल्म ‘सुस्केरा’ पोस्ट–प्रोडक्सनमा, मंसिर सम्ममा प्रदर्शनका तयारि
सडक बालकको कथामा बनेको फिल्म ‘सुस्केरा’ पोस्ट–प्रोडक्सनमा, मंसिर सम्ममा प्रदर्शनका तयारि

१,असोज, काठमाडौं । सत्य घटनामा आधारित सडकमा जीवन बिताउने एक बालकको मार्मिक कथा मार्फत समाजको यथार्थ चित्रण गर्ने प्रयास गरिएको कथामा आधारित रहेर कर्मवीर मल्टिपर्पोज इन्भेष्टमेन्ट प्रालिको ब्यानरमा ममता रायमाझीको प्रस्तुति रहेको नेपालि कथानक चलचित्र ‘सुस्केरा’ छायांकन सम्पन्न गरी पोस्ट–प्रोडक्सनको चरणमा प्रवेश गरेको छ ।
वरिष्ठ गीतकार डा. ओमकृष्ण प्रसाईको निर्माणमा बन्न लायक यो चलचित्रको लेखन तथा निर्देशन वरिष्ठ गीतकार शंकर अधिकारी ‘घायल’ ले गर्दैछन। आफूलाई आत्मनिर्भर बनाउन नसके पनि अरूका लागि बाँच्ने एक बालकको जीवन–संघर्ष यस फिल्मको मुख्य कथावस्तु बनेको निर्देशक ‘घायल’ले जानकारी दिएका छन् ।
चलचित्रमा बालकलाकार शुभम अधिकारी, हर्दिक पौडेल र नायरा प्रसाई प्रमुख भूमिकामा देखिने छन् । साथै, शमिला शर्मा, नेहा देव, दिनेश कोइराला, डा. ओमकृष्ण प्रसाई, उषा किरण अधिकारी, मनिषा श्रेष्ठ, सञ्जित श्रेष्ठ, कल्पना भुजेल, उमेश मगरलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ साथै कुमार मानन्धर्को छायांकन, मदन न्यौपानेको श्रृङ्गार र सुरेश पाण्डेको नृत्य निर्देशन रहेको छ। गीतमा डा. ओमकृष्ण प्रसाईं र शंकर अधिकारी ‘घायल’ ले शब्द लेखेका छन् भने संगीत पनि ‘घायल’ को रहेको छ। गीतमा स्वर नित्याशिवा र कृष्ण भट्टराईले दिएका छन्। यो फिल्म मंसिर महिनामा प्रदर्शनका लागि तयार हुने अपेक्षा गरिएको छ।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE