स्पोर्ट्स कराते अब, सबै नेपाल कराते महासंघको मातहतमा : राखेप सदस्य सचिव

९, जेष्ठ , अनलाइनमंच
राष्ट्रिय खेलकुद परिषदमा दर्ता रहेका स्पोर्ट्स करातेका चारै बिधा तथा ६८ वटा संघका प्रमुख प्रशिक्षक, अध्यक्ष, महासचिव तथा सङ्हका प्रतिनिधि सहितको टोलि नेपाल कराते महासंघ संघ दर्ता तथा दोजो रजिस्ट्रेसन ब्यवस्थापन बिभागका संयोजक ओमकृष्ण प्रसाईंको नेतृत्वमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङलाई भेटी करातेका समस्याका सन्दर्भमा कुरा राख्यो ।

खेलकुद विकास एन २०७७ तथा नियमावली २०७९ अनुसार राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएका सबै संघ हरु नेपाल कराते महासङ्ममा रहने ब्यवस्था भए बमोजिम अब चारै विधाका सबै स्पोर्ट्स कराते संघले आआफ्नो जिल्ला प्रदेश तथा केन्द्रिय अधिबेशन गरि वैधानिकता लिन सदस्य सचिबले सल्लाह दिनु भयो, तपाईहरुको ठुलो योगदान छ नेपाली खेलकुदमा तपाईहरुको सस्था प्रक्रिया पुर्याएर जिवन्त राख्नु राखेपको कर्तव्य हो, यो सबैको संयोजनकारी भुमिकाको लागि नेपाल कराते महासंघले गर्ने छ भन्दै महासंघको नीतिनिर्देशनमा रहन समेत अनुरोध गर्नु भयो । केही अमुक ब्यक्ति बाट हामी मात्र बैधानिक हौ अन्य सबैको खारिजभै सकेको भनेर प्रचार भएको सन्दर्भमा सदस्य सचिवज्युले त्यस्तो गलत प्रचारको पछाडि नलाग्न तथा राखेपले सबैलाई समान ब्यवहार गर्ने समेत बताउनु भयो । सबै विधा तथा प्रदेशको प्रतिनिधित्व बाट नेपाल कराते महासंघको गत चैत्रमा भएको अधिबेशन बाट पुर्व राखेप सदस्य सचिव युवराज लामाज्यु को नेतृत्वमा नया कमिटी बनेको थियो, महासंघले प्रसाईको संयोजकत्वमा संघ दर्ता तथा दोजो रजिस्ट्रेसन ब्यवस्थापन बिभाग गठन गरेको थियो ।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE