माझी बनेर आयौ’ नामक मेलोडियस गीत सार्वजनिक

काठमाडौ ।
गायिका बबिना भट्टराईको स्वर र संगीत तथा गीतकार सुनिता प्रसाईंको शब्दमा `माझी बनेर आयौ’ नामक मेलोडियस गीत सार्वजनिक भएको छ ।
नेपाली गीत संगीत को बजारमा दैनिकी थुप्रै गीत सार्वजनिक हुन्छ्न । तर सांगीतिक बजारमा संख्या थप्न मात्र हैन जिवन्तता दिने सृजना बनेको छ माझी बनेर आयौ गीत । खासमा त गीत भनेको सुन्ने हो। सुनेर आनन्द लिने हो, सुनेर मन शान्त पार्ने हो। अझै भनौं गीत भनेको सुनेर नै अनुभुति गर्ने हो। तर पछिल्लो समय गीतहरुमा यस्तो पाइँदैन।पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रलाई नियाल्ने हो भने अधिकांश हेर्ने गीतहरू रिलिज हुनेगरेका छन्। तडक भडक र अस्लिलता बिना पनि श्रोता र दर्शकको मन जित्ने सृजना बनेको छ माझी बनेर आयौ ।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE