आइतवार, अशोज ६, २०८१
Sunday, September 22, 2024

निर्देशक प्रसाई हरेक कुराले अब्बल

  • 31
  •  
  •  
  •  
  •  
  •  
  •  
    31
    Shares

अनलाइन मञ्च, भदौ २२, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभागको निर्देशकमा करातेका वरिष्ठ प्रशिक्षक सोभित राज प्रसाईलाई राष्ट्रिय खेलकुद परिषदले नियुक्ति दिएपछि खेलकुदवृत्तमा अनावश्यक बखेडा झिकेर खेलकुदका केही सेलिब्रिटीहरूले फण्डा मचाइरहेका छन्।
राष्ट्रिय खेलकुद परिषदका विभिन्न विभागहरू मध्ये महत्वपूर्ण विभाग तालिम तथा प्रशिक्षण विभागमा उपनिर्देशकको रूपमा कार्यरत सफल खेलाडीको रुपमा स्थापित ओलम्पियन संगीना वैद्यले आफ्नो अपमान भएको बताउँदै अकस्मात राजीनामा दिएपछि राष्ट्रिय खेलकुद परिषदमा हल्लिखल्ली मचिन थालेको छ। हुन त मेडलका दृष्टिकोणले रेकर्ड होल्डर हुन संगिना वैद्य, यद्यपि यो पद भनेको व्यवस्थापकीय तथा प्रशासनिक पद भएको हुँदाखेरि मेडल मात्रै महत्वपूर्ण कुरा होइन; तीन दशक अगाडिदेखि करातेको प्रशिक्षकको भूमिका निर्वाह गरी हजारौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन गरिसकेका प्रसाईको विषयलाई लिएर खेलकुद क्षेत्रमा गलत अफवाह फैलाउँने उद्देश्यले सामाजिक सञ्जाल र केही संचारमाध्यमा समाचार लेख्ने कामसमेत गरेकोप्रति खेल क्षेत्रका विज्ञहरू आश्चर्य मानिरहेका छन । प्रसाईले २०५० सालमै करातेको सहायक प्रशिक्षक बन्नुका साथै २०५२ सालमा अधिकृत तृतीयको नियुक्त प्राप्त गरेका सिनियर प्रशिक्षक हुन, उनि भन्दा सिनियर कर्मचारी सायद राष्ट्रिय खेलकुद परिषदमा नभएको हुदा राष्ट्रिय खेलकुद परिषदको तालिम तथा प्रशिक्षण विभागको निर्देशक बन्ने असलि हकदारको रुपमा सोभितराज प्रसाइलाई नियुक्ति दिएको कुरा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ बताउदछन।
आफूले भनेको पद नपाउने बित्तिकै राजीनामा दिनु बनेको खेलकुद क्षेत्रलाई अपमान गर्नु हो भनेर पनि बुझ्न सकिन्छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x