खेलौ होलि
खेलौ होलि
खेलौ होली नराखि रिस राग
रङ्गहरूले बाँधेको छ समाज
कालो मैलो पखालेमा मन त्यसै खुल्छ
पहाडमा लालीगुराँस तराई तोरी फुल्छ।
इन्द्रेणीका सातै रङ्ग हृदयसँगै गाउछ
बसन्तको बहारसँगै नयाँ मुना आउँछ।
खेलौ होली नराखि रिस राग
रङ्गहरूले बाँधेको छ समाज ।
हिमाल, पहाड तराईको एउटै माला नेपाल
असत्यको अन्त्य छ है बने एकताको पर्खाल
खेलौ होली नराखि रिस राग
रङ्गहरूले बाँधेको छ समाज
राता पहिला हरिया निला थरीथरीका रङ्ग
बाँधेर मित्रताका हजार-हजार सुगन्ध
खेलौ होली नराखि रिस राग
रङ्गहरूले बाँधेको छ समाज ।
नाच्दै, गाउँदै, रङ्ग दलदै मनाउने यो बिशेस
संस्कार, प्रेम, सद्भावले गाँसेको छ यो देश
खेलौ होली नराखि रिस राग
रङ्गहरूले बाँधेको छ समाज
हटाई मनका पीडाहरू हिजो, आज र भोलिका
सत्मार्गको बिजय हो यो जल्नुपर्छ होलिका
खेलौ होली नराखि रिस राग
रङ्गहरूले बाँधेको छ समाज ।
डा. ओम कृष्ण प्रसाई
रातोपुल काठमाडौँ २०८० चैत्र १० गते
होली पर्वको विशेष अवसरमा
WRITE COMMENTS FOR THIS ARTICLE