चन्द्रलोक प्रतिष्तिठानको ‘राष्ट्रिय सेवा सम्मान’ महासङ उपाध्यक्ष प्रसाईंलाई

अनलाइनमञ्च: पुस २२, समाजका विभिन्न गतिविधिमा सक्रिय सस्था चन्द्रलोक प्रतिष्तिठानको चौथो बार्षिक उत्सवको अबसरमा सामाजिक क्षेत्रमा योगदान दिने विभिन्न क्षेत्रका ब्यक्तित्वलाई नेपाल पर्यटन बोर्डको हलमा एक भब्य कार्यक्रम बिच देशका लब्ध प्रतिष्ठित ब्यक्तित्वको उपस्थितिमा सम्मान गरियो। सम्मान गर्ने क्रममा खेलकुद क्षेत्रका बौद्धिक ब्यक्तित्व तथा गीतकार नेपाल कराते महासङका उपाध्यक्ष डा . ओमकृष्ण प्रसाईंलाई सम्मान गरिएको छ । साथै अन्य सम्मानित हुनुहुने प्रतिनिधि सभा सदस्य एबम कानुन न्याय तथा मानव अधिकार समितिकि सभापति माननीय बिमला सुवेदी, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपालमान राई, नेपाल सरकारका पुर्व उपसचिव वरिष्ठ पशु चिकित्सक देवराज अधिकारी, नेपाल बिधुत प्राधिकरण ग्रीड संचालन विभागका प्रमुख श्रीराम पान्डे, नेपाल सरकारका पुर्व सहसचिव डा. लोकनाथ पौडेल, चर्चित गायक पशुपति शर्मा लगायतलाई सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएको कदर गर्दै सम्मान गरिएको हो ।
देशको चिनारी, समृद्धि तथा गौरव संग प्रत्यक्ष जोडिएको खेलकुद व्यक्तिको चरित्र निर्माण गर्ने र मनोरन्जनको साधन मात्र नभएर खेलकुद मानव जीवनको अभिन्न अंग हो र जीवनका हरेक क्षेत्रमा खेलकुदले बहुआयामिक क्षेत्र ओगटेको हुन्छ । यती धेरै महत्व बोकेको क्षेत्र खेलकुदका बिभिन्न बिधामा दखलता राख्दै मार्शल आर्ट भित्रको कराते बिधामा साडे तीन दशक देखी अनवरत रुपमा लागि खेलाडी, प्रशिक्षक, निर्णायक, व्यवस्थापक हुँदै नेपाल देशलाई प्रसाईले दिनुभएको योगदान अतुलनिय छ । भर्खरै मात्र मित्रराष्ट्र अस्ट्रेलियाको सिडनीमा अक्टोबर २० देखी २२ सम्म इन्टरनेशनल स्पोर्टस कराते एसोसिएसन को आयोजनामा सम्पन्न भएको विश्वकप कराते प्रतियोगितामा नेपाल राष्ट्रको प्रतिनिधित्व गर्दै नेपाल राष्ट्रलाई स्वर्ण पदक दिलाई इतिहास कायम गर्न सफल हुनुभएको थियो।
प्रसाईं खेलकर्ममा रमाउदै राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न कैले नथाक्ने खेलकुदका क्षेत्रका बौद्धिक व्यक्तित्व, नेपाल कराते महासङ्घका उपाध्यक्ष, गोजुरियो करातेका प्रमुख प्रशिक्षक ब्ल्याकबेल्ट सातौ डान पनि हुन। खेलकुद बहुआयामिक क्षेत्र रहेको र यसलाई प्राज्ञिक बहसमा ल्याउनुपर्ने तथा खेलकुद विश्वविद्यालय स्थापना गर्नुपर्छ भनेर लामो समयदेखि एउटा अभियन्ताका रुपमा प्रसाई लागिरहेका छन् । यस्का साथसाथै गीतकार तथा साहित्यकार पनि हुन। उनको रचनामा वरिष्ठ गायक गायिकाहरू संगीतकार सुरेश चन्द्र अधिकारी, चेतन सापकोटा, राज्य राई देमिन, बसन्त सापकोटा, शिव परियार, प्रिया सुवेदी, बीपी वाग्ले, विशाल राई, रचना रिमाल, समीक्षा अधिकारी, राजेश पायल राई, बानीका प्रधान, विकास चौधरी लगायत सब्बु केसीहरूले काम गरिसक्नु भएको छ।
सस्थाका अध्यक्ष सिताराम कार्कीले बताउनु भए अनुसार चन्द्रलोक प्रतिष्ठान कला संस्कृतिको जगेर्ना गर्ने’, चेतनामुलक वृतचित्र बनाउने, प्राकृतिक प्रकोपमा सक्रियताका साथ लाग्ने सामाजिक सस्था हो ।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE