शुक्रबार, फाल्गुन १, २०८२
Friday, February 13, 2026

गीतकार बि. पाण्डे लाई “नातिकाजी राष्ट्रिय संगीत पुरस्कार”

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

अनलाइनमंच, फाल्गुन, २

सम्मानीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्युबाट प्रदान हुने “नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार कार्यक्रम-२०८०” राष्ट्रपति भवन महाराजगंज  काठ्माण्डौमा    सम्पन्न भएको छ। सम्मानित राष्ट्रपतिज्युबाट दीप प्रज्वलन गरि कार्यक्रम समुद्घाटन गरि शुरुभएको कार्यक्रममा नातिकाजी स्मृति समाजका अध्यक्ष श्री शम्भुजीत बास्कोटाले  स्वागत गर्दै सम्मान र पुरस्कारको बारेमा प्रस्ट पार्नु भयको थियो।  विभिन्न लोक तथा राष्ट्रिय भावका सांगीतिक प्रस्तुति सहित सम्पन्न कार्यक्रममा “नातिकाजी राष्ट्रिय संगीत पुरस्कार” बाट गीतकार बि. पाण्डे, गायक हिमाल सागर र बिन्दु परियार, संगीतकार आशिष अविरल र एरेन्जर सम्राट थापा पुरस्कृत भएका छन्। त्यसैगरी “नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान” द्वारा लोक गायक बम बहादुर कार्की, संचारकर्मी तथा प्रस्तोता धन लामा, संगीत प्रबर्दक प्रकास सायमी, लेखक बिमल भौकाजी, गीतकार बुद्दबिर लामा, किरण क्रोधी , गायक दिवाकर खड्का र यशोदा पराजुली सम्मानित भए। “नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार” बाट रेकर्डिस्ट  भोला पौडेल, गायक डेभिड शंकर, स्मिता दाहाल, र संगीतकार तर्फ़ कल्याण सिंह पुरस्कृत हुदा “नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत  पुरस्कार” बाट शास्त्रीय संगीत गायक डा. रमेश पोखरेल पुरस्कृत भए। “नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार” भने लोक गायक राम प्रसाद अवस्थी, शुष्मा शाही ठकुरी र कृष्ण बि. क. ले प्राप्त गरे। यसै गरि “नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार” बाट पत्रकार दोय सुशील अर्याल र सुकृत बराल साथै “नातिकाजी राष्ट्रिय योगदान सम्मान” बाट संगीत साधक अमिर सुनार, शन्तबहादुर गिरी र संगीत साधना प्रतिष्ठान नेपाल इटहरी  मार्फत अर्जुन के. सी.  सम्मानित भए। कार्यक्रममा नातिकाजी स्मृति समाजका सल्लाहकारहरु तथा कार्य समितिका पदाधिकारीहरु संगै विभिन्न संगीत कर्मीहरुको बाक्लो उपस्थिति थियो। कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि संस्कृति पर्यटन तथा नागरिक उद्यान मन्त्रि बद्रि पाण्डेले  सरकारले गर्नुपर्ने सम्मान स्मृति समाजले गरेकोमा धन्यबाद दिदै नातिकाजीको नाममा सरकारले पुरस्कारको घोषणा गर्ने तथा सम्मानमा सहयोग गर्ने बताए। सम्मानीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्युबाट पुरस्कृत तथा सम्मानितहरुलाई शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रमलाइ डा घनश्याम खतिवडा ले संचालन गरेका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x