आइतवार, अशोज ६, २०८१
Sunday, September 22, 2024

नेपालमा यौटा मात्र कराते महासंघ छ त्यो भनेकै लामा नेतृत्वको हो : राखेप

  • 173
  •  
  •  
  •  
  •  
  •  
  •  
    173
    Shares

६ जेष्ठ , अनलाइनमंच

चीनको ह्वान्झाउमा आयोजना हुने १९औं एशियाली खेलकुद प्रतियोगिताका लागि नेपाल कराते महासंघ र बालाजु कराते एकेडमीका अध्यक्ष ध्रुबवहादुर मल्लले छुट्टाछुट्टै खेलाडीको लिस्ट नेपाल ओलम्पिक कमिटी (एनओसी) मा पठाएपछि राखेप सदस्यसचिव टंकलाल घिसिङ्गले यस्तो प्रतिक्रिया दिन थालेका हुन ।
मल्लले एशियाडको लागि खेलाडी छनौट गरि त्यसको लिस्ट नेपाल ओलम्पिक कमिटीमा पठाएपनि एनओसीले पनि त्यसलाई मान्यता नदिने बताएको छ । एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले भने एनओसीले राखेप अन्तर्गतको नेपाल कराते महासंघलाई मात्रै चिन्ने र उसैले छनौट गरेर पठाएका खेलाडीहरुलाई मान्यता दिने बताए ।

लामो समयको विवादपछि गत चैत ११ मा चितवनमा सातै प्रदेश तथा बिश्व कराते महासङका चारै बिधाको सहभागीताम सम्पन्न अधिवेशनपछि करातेको सम्पूर्ण विवाद समाप्त भएको थियो । त्यसपछि नेपाल ओलम्पिक कमिटीका पदाधिकारी चितवन अधिवेशनमा उपस्थित भएर नेपाल कराते महासंघलाई आधिकारिक मान्यता दिएका थिए । त्यसपछि सर्वसम्मतबाट राखेपका पूर्व सदस्यसचिव युवराज लामा अध्यक्षमा चुनिएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x