वरिष्ठ सङ्गीतकर्मिको साथले हौसला मिल्यो : प्रसाई
देशको इज्जत राख्नेहरुको सम्मानको खातिर खेलकुद गीत

अनलाइन मञ्च, श्रावण २३, काठमाडौं
विशेष समय र सन्दर्भमा फरक प्रकारका गीत सिर्जना गर्ने नेपाली खेलकुदमा परिचित नाम डा. ओमकृष्ण प्रसाईले सृजनशील व्यक्तिको रूपमा परिचित छन् । खेलकुदमा आफ्नो अनुभवलाई समेट्दै लेखेको गीत भर्खरै रेकर्डिङ भएको छ । एवान स्टुडियोमा रेकर्डिङ गरिएको उक्त सिर्जनालाई वरिष्ठ सङ्गीतकारहरूले गाएका छन्। डा.ओम कृष्ण प्रसाईँको शब्दलाई वरिष्ठ सङ्गीत निर्देशक सुरेश चन्द्र अधिकारीले सङ्गीत निर्देशन गरेका हुन् । ‘पहिलो झुल्को घामले’ बोलको खेलकुद गीत रेकर्डिङ हुने क्रममा वरिष्ठ सङ्गीतकार स्वयम सुरेशचन्द्र अधिकारी लगायत चेतन सापकोटा, वसन्त सापकोटा,बी.पी वाग्ले,राज्य राई देमिन,रुद्र बोहरा, प्रिया सुबेदी, राजनी राई, तारा श्रेष्ठ, गङ्गा विष्ट,विशाल राई, शुष्मा लिम्बू,दीपा तामाङलेले समेत स्वर भरेका छन् । 
खेल गीत नगन्य रुपमा मात्रै कहिलेकाही बजारमा आउँदछन। आफ्नो खेलकुद क्षेत्रको अनुभव योगदानका कारण देशको इज्जत राख्नेहरुको सम्मानको खातिर यस्तो रेकर्डिङ गरेको र चाडै भिडियी समेत ल्याउने गीतकार डा.प्रसाईंले बताए।
यसैगरी,वरिष्ठ सङ्गीतकर्मिको साथले आफूलाई हौसला मिलेको तथा संगीतकार अधिकारीले हजारौ गीत रेकर्डिङ गरियो तर यो गीत रेकर्डिङ गर्दा आज छुट्टै गर्व महसुस भैरकेको बताए।


RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE