पबित्र कार्यको लागि बनेको हैन यो गठबन्धन : नेता प्रसाई

अनलाइनमान्च, श्रावण, ७
नेकपा एमालेका युवा नेता ओमकृष्ण प्रसाईंले यो अपवित्र गठबन्धन मंसिर ४ चुनावपछि स्वाहा हुने बताएका छन्।
आउदो चुनावमा एमाले तर्फबाट काठमाण्डौ क्षेत्र नम्बर २ क को प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ उम्मेद्वारी दिने सर्वाधिक चर्चामा रहेका युवा नेता प्रसाईंले साझाट्युवसंगको कुराकानीमा यस्तो प्रतिक्रिया दिएका हुन्।
अहिले एमालेको वैचारिक युवानेता समेत भनेर परिचय बनाएका उनले ‘ यो अहिलेको अपवित्र गठबन्धन सरकारले १५ महिनामा एउटा मात्रै पनि गतिलो काम गरेको छैन। अब जनताले देश सम्ब्रिद्दि गर्ने एमाले मात्रै रछ ,केपी ओली प्रधानमन्त्रि भए मात्रै हामि जनताले राहत पाउने रछौँ भन्ने बुझिसके। त्यसकारण अब मंसिर ४ पछि एमालेको बहुमतको सरकार केपी ओली प्रधानमन्त्रि पक्का छ ‘ भने।
हुन त अहिले २/४ वटा मिडियाले राष्ट्रपति विधादेवी भण्डारीकि छोरी उषाकिरणको पनि उम्मेद्वारी आउने सामान्य हल्ला गरिरहेको छ। यस सन्दर्भमा उनले ‘जनताको चहाना अनुसार पार्टिले जसलाई उम्मेद्वारी बनाउछ म स्वीकार्छु ‘समेत भने।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE