आइतवार, अशोज ६, २०८१
Sunday, September 22, 2024

डा प्रसाईको “यो जुनि काटौला” गीत रेकर्डिङ

  • 117
  •  
  •  
  •  
  •  
  •  
  •  
    117
    Shares

अनलाइनमञ्च: पुस १९,काठमाडौं ।अङ्ग्रेजि नव वर्ष २०२४ को अवसर पारेर चर्चित गीतकार डा.ओम कृष्ण प्रसाईंले शब्दको ‘यो जुनि काटौला ‘बोलको युगल गीत रेकर्डिङ गराएका छन् ।
काठमाडौ पुतलीसडकस्थित एलेवल स्टुडियोमा रेकर्डिङ सप्पन्न उक्त गीतलाइ चर्चित संगीतकार विकास चौधरीले संगीत भरेका छन् भने चर्चित गायक विशाल राई र गायिका सब्बु केसिले स्वर भरेका छन् ।
पछिल्लो समय गीत रचनामा अति नै ब्यस्त रहेका प्रसाईंको यो गीत समला भाकामा रहेको छ। ‘रुकुम बक्सियोस कि मलाई रोल्पा बक्सियोस’ गीतबाट चर्चा कमाएका गायक विशालले यस गीतबाट अझ चर्चा पाउने आश देखिएको छ। अनलाइन मञ्च संग बोल्दै गायक र गायिका दुवैले यस्तो हाम्रो सस्कृतिलाइ झल्काउने गीत गाउन पाउँदा भाग्यमानि ठानेको र दर्शक स्रोताले मन पराइ दिनु हुन्छ भन्ने आशा राखेको बताए।


यस गीतलाइ चाडै नै म्युजिक भिडियो सहित सार्वजनिक गर्ने बताउदै गीतकार डा.प्रसाईंले भिडियोको निर्देशन चर्चित निर्देशक राज्य राई देमिनले गर्ने र गीतको कोरियोग्राफर वरिष्ठ नृत्य निर्देशक कमल राइले गर्ने बताए।
यस गीतको एरेन्ज संजय हमालले गरेका हुन् भने अडियो मिक्सिङ गोविन्द सोनिले गर्नेछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x