उडान भरेकै १० घन्टामा सबै ट्वाइलेट जाम भएपछि विमानस्थलमा फर्काइयो जहाज

अनलाइनमंच फागुन २४, काठमाडौं ।
बिहीबार अमेरिकाको शिकागोबाट भारतको दिल्ली उडेको एयर इण्डियाको फ्लाइट १० घन्टा उडेपछि पुनः शिकागो फर्किएको घटना सार्वजनिक भएको छ। सिकागोको ओआरडी अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्लीको लागि प्रस्थान गरेको एयर इण्डियाको एआई-१२६ फ्लाइट प्राविधिक समस्याका कारण बीचमै फर्किएको हो।
एयर इण्डियाले यस घटनाको कारणलाई प्राविधिक गडबडी भएको भन्दै भनेको थियो, तर त्यो गडबडी के हो भन्ने स्पष्ट नगरेको थियो। बिबिसीका अनुसार, जहाजको शौचालय जाम हुनु मुख्य कारण थियो। १० वटामध्ये नौवटा शौचालय जाम भएका कारण जहाजलाई दिल्ली नपहुँदै अमेरिका फर्काउन परेको हो, र एक मात्र शौचालय काम गरिरहेको थियो।
विमानमा ३४० भन्दा बढी सिटहरू थिए, जसमा फर्स्ट, बिजनेश र इकोनोमी क्लासका सिटहरू समावेश थिए। शौचालय जाम भएको कारण यात्रुहरूलाई असुविधा भएको छ, जसको समाधानको लागि एयर इण्डियाले उनीहरूलाई बस्ने व्यवस्था मिलाएको र छुट्टै जहाजमार्फत गन्तव्यमा पुर्याउने योजना बनाएको बताएको छ।
यात्रुहरूले टिकट रद्द गर्न चाहे भने उनीहरूको पूरै पैसा फिर्ता गरिने र छुट्टै जहाजमा जान कुनै अतिरिक्त शुल्क पनि लाग्ने छैन, एयरलाइन्सले पुष्टि गरेको छ।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE