शुक्रबार, फाल्गुन १, २०८२
Friday, February 13, 2026

पिता बोलको गीत आधुनिकतर्फ सर्वोत्कृष्ट

  • 83
  •  
  •  
  •  
  •  
  •  
  •  
    83
    Shares

अनलाइनमञ्च : फाल्गुन २, तेश्रो सिल्भर ईन्टरनेशनल म्युजिक अवार्ड-२०२४’ अन्तर्गत आधुनिक गीततर्फ गीतकार डा.ओम कृष्ण प्रसाईंले यो वर्षको सर्वोत्कृष्ट आधुनिक गीतको टाइटल अवार्ड जितेका छन्। उनिद्वारा रचित गीत ‘पिता’ बोलको गीतले जित हासिल गरेको हो।

प्रियसी म्युजिक प्रा.लि. र राष्ट्रिय लोक साँस्कृतिक संघद्धारा आयोजित थाईल्याण्ड , सिंगापुर र मलेसियाको सांगीतिक भ्रमण सहित गैर आवासिय नेपाली क्वालालम्पुर मलेसियाको सभाहलमा अवार्ड सम्पन्न भएको थियो।
अवार्ड समारोहको अध्यक्षता म्युजिक भिडियो निर्देशक समाजका कोषाध्यक्ष बबिता श्रेष्ठले गरेकी थिइन् ।

यसैगरी,लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष चन्द्र शर्माको प्रमुख आथिती रहेको समारोहमा बिशिष्ठ अतिथिहरुको रुपमा गैर आवासिया नेपाली मलेसियाका उपाध्यक्ष, गैर आवासिया नेपाली मलेसियाका पूर्व महा–सचिव सुन्दर आले सहित बिभिन्न संघ संस्थाका पदाधिकारीहरुको बाक्लो उपस्थिती रहेको थियो । सांस्कृतिक कलाकार उद्धिराम खड्का, गायक सिडि बिजय अधिकारी, गायक अमृत खाती, गायिका रमला पाख्रिन तामाङ्ग र मोडल दिपेन्द्र राज गिरी अवार्डका जुरी मेम्बर रहेका थिए ।

नेपाली गीत संगीतका बिभिन्न ३७ बिधामा अवार्ड प्रदान गरिएको थियो ।
अवार्ड प्राप्त गरिसकेपछी अनलाइन मन्च डटकमसङ बोल्दै गीतकार डा.प्रसाईंले ‘यस्तो ऐतिहासिक जित हासिल गर्छु भन्ने लागेको थिएन,आज अवार्ड प्राप्तले थप जोस ,प्रेरणा र जिम्मेवारी थपिएको महसुस भएको छ।अब उप्रान्त समाजमा चेतना र मार्गदर्शन दिनेखालका गीतहरु अझ लेख्ने प्रयास गर्नेछु। गीत निर्माणदेखि अवार्ड प्रदान गर्नुहुने समग्रमा धन्यवाद ‘भने।
‘पिता’ गीतलाइ राज्य राई देमिनले संगीत गरेका हुन् भने भिडियो निर्देशन पनि उनैले गरेका हुन् ।गायिका रचना रिमालको स्वरमा रहेको गीतमा गीतकार स्वयमकै मुख्य भुमिका रहेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x