शुक्रबार, फाल्गुन १, २०८२
Friday, February 13, 2026

मानव सागर उत्रियो ज्ञानेन्द्र शाहको सवारीमा

अनलाइनमंच फागुन २६,
पूर्व राजा ज्ञानेन्द्र विक्रम शाहको सवारीमा मानव सागर स्वस्फुर्तरुपमा रूपमा उर्लिएको छ। प्रजातन्त्र दिवसको अवसरमा पोखराबाट ‘अर्थपूर्ण’ भिडियो सन्देश जारी गरेर आइतबार काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजावादी समर्थकहरुले जुलुससहित निर्मल निवास पुर्‍याएका छन्।

पोखरास्थित पुरानो विमानस्थलबाट समिट एयरको १८ सिटे चार्टर्ड विमानमार्फत अपराह्न ४ बजे काठमाडौं ओर्लिएका पूर्वराजा शाहलाई उनका समर्थकहरुले तामझामसहित स्वागत गरेका थिए।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरुका अनुसार, आइतबारको शक्ति प्रदर्शन पूर्वराजा ज्ञानेन्द्र शाहको मात्र होइन, १८ दिनअघि उनले दिएको अभिव्यक्तिको भव्य स्वागत पनि हो। शाहले ७ फागुनमा १० मिनेट लामो भिडियो वक्तव्य जारी गर्दै ‘देशको उन्नतिका लागि अब के–के त्याग गर्नुपर्ने हो, त्यसका लागि तयार रहेको’ बताएका थिए।

‘अब समय आयो – राष्ट्र जोगाउने हो, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका लागि हामीलाई साथ दिन देशवासीलाई आह्वान गर्दछौं’, उनले भनेका थिए। शाहको यो अभिव्यक्तिपछि राप्रपा, राप्रपा नेपालसहित राजावादी समूहहरु उत्साहित भएका छन्।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x