अध्यक्षमा सुवास मेचे निर्बिरोध

अनलाइनमञ्च १ माघ, जापान कराते दो गोजुरियो ओसिकाई संघ नेपाल झापा जिल्ला कमिटीको अध्यक्षमा कराते बरिस्ठ प्रशिक्षक तथा चर्चित अभिनेता सुवास मेचे निर्बिरोध निर्वाचित भएका छन। नेपाल कराते महासङका उपाध्यक्ष तथा गोजुरियो ओसिकाई सङ नेपालका प्रमुखप्रशिक्षक डा.ओमकृष्ण प्रसाईं, कोशी प्रदेशका खेलकुद विकास बोर्डका सदस्य गौरी मान राई, मदन खडका, प्रशासकीय अधिकृत रेखा प्याकुरेल, जिल्ला खेलकुद विकास झापाका अध्यक्ष भेषराज भण्डारी, कार्यलय प्रमुख बिश्नु नेम्वाङ गोजुरियो करातेका केन्द्रिय सदस्य तथा निवर्तमान अध्यक्ष बरिस्ठ प्रशिक्षक राजेन्द्र कार्की, तेक्वान्दो प्रशिक्षक उषा श्रेष्ठ, जितेन मेचे लगायतको उपस्थितमा ११ सदस्य कमिटी बनेको हो । सर्वसम्मत बनेको कमिटीमा उपाध्यक्षमा मदन कुमार तामाङ सचीवमा नरेन्द्र उप्रेती, सहसचिवमा खेम घले, कोषाध्यक्षमा प्रकृति डोम्जङ तामाङ र सदस्यहरुमा राजन पौडेल, सुरेश पराजुली, पवन भट्टराई, अर्जुन बस्नेत, धिरज परियार, गुणराज खत्री रहेका छ्न।
अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि शपथ लिदै प्रतिबद्धता जनाउने सन्दर्भमा झापा जिल्ला खेलकुदको उर्वर भूमि भएको तथा आफ्नो परिचय नै कराते भएको हुँदा आगामीका दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कराते प्रतियोगिताहरु आयोजना गरिने जनाउनु भयो ।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE