राजेश र मेलिनाको स्वर, विकासको संगीत तथा प्रसाईंको शब्दमा गुञ्जने भयो “दिलप्यारी”

अनलाइनमञ्च, पौष २३
पुर्ण हास्यप्रधान नेपाली कथानक चलचित्र “मेरो जुत्ता खै” को शिर्ष गीत आज गीतकार डा. ओमकृष्ण प्रसाईको शब्द, चर्चित गायक राजेश पायल राई तथा मेलिना राईको स्वर, संगीतकार विकास चौधरीको संगीत, एरेन्जर संजय हमालको एरेन्जमा “दिल प्यारी” नामक गीत पुतलीसडक सडक स्थित ए लेवल स्टुडियोमा रेकर्डिङ भयो ।
मुखिया फिल्म प्रोडक्सनको ब्यानर तथा पुराना बरिस्ठ हास्य कलाकार पिटर खवासको निर्माण रहने यो कथानक चलचित्रमा निर्देशन कुमार के सि को रहने छ भने नृत्य निर्देशन नृत्य निर्देशक कमल राईको रहने छ । भारतका दार्जिलिङ, आसाम, कालिम्पोङ सिलिगुडी लगायत विभिन्न ठाउमा छायांकार शिव ढकाल को छायांकनमा सुटिङ हुनेछ। नेपाल तथा भारतका का चर्चित हास्य कलाकारलाई मुखिया फिल्म प्रोड्क्सनले अनुबन्दित गरि सकेको तथा आगामी माघ २९ बाट सुटिङको सुभमुर्हत हुने र चालीस दिनमा सबै छायांकन गरि सक्नेकुरा निर्माता पिटर खवासले बताए ।

RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE