शुक्रबार, फाल्गुन १, २०८२
Friday, February 13, 2026

रुपन्देहीको मायादेवीमा एक जवान युव‍कको हत्या, गोली लागेको आशंका

अनलाइनमंच
फागुन १, काठमाडौं । रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका-२ का २९ वर्षीय राकेशसिंह लोधको शव बिहीबार बिहान फेला परेको छ। प्रहरीका अनुसार, मृतकको टाउकोमा गम्भीर चोटको निशान रहेको र घटनास्थलमा रगतको दृष्य देखिएकोले प्रारम्भिक अनुसन्धानमा हत्या भएको अनुमान गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले मृतक लोधको घरमा एक्लै बस्ने गरेको जानकारी दिए। थप अनुसन्धान भइरहेको र घटनास्थलमा बिहान ठूलो आवाज सुनिएको स्थानीयको जानकारीका आधारमा लोधलाई गोली प्रहार गरी हत्या गरिएको सम्भावना रहेको पनि उनले बताए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x