आइतवार, अशोज ६, २०८१
Sunday, September 22, 2024

बुढासुब्बालाई १ लाख ६० हजारमा बेचियो पशुपतिको आरती कपिराइट

  • 93
  •  
  •  
  •  
  •  
  •  
  •  
    93
    Shares

अनलाइनमञ्च: पुस २०, काठमाडौं । पशुपति आर्यघाट क्षेत्रको बागमती तथा नदी किनारमा हुने गङ्गा आरतीको भिडिओ कपिराइट बुढासुब्बा डिजिटलले मासिक एक लाख ६० हजार रुपैयाँमा खरिद गरेको छ । केही महिनाअघि पशुपति क्षेत्र विकास कोषसँग भएको सम्झौतामा बुढासुब्बाले यो रकममा कपिराइट प्राप्त गरेको हो ।
कोषका सूचना अधिकारी रेवतीरमण अधिकारीले पशुपति क्षेत्रमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओको प्रतिलिपि अधिकार बुढासुब्बालाई बिक्री गरिएको बताए । याेसँगै अन्य सर्वसाधारणलाई व्यावसायिक प्रयाेजनका लागि आरती तथा दीप प्रज्वलनको भिडिओ खिच्न सख्त मनाही गरिएको छ । बाेलकबाेल प्रक्रियाबाट बुढासुब्बा डिजिटल छनोट भएको हो । अब कसैले व्यावसायिक प्रयोजनका लागि सो क्षेत्रको भिडिओ खिचेर युट्युबसहितका सामाजिक सञ्जालमा राखे कपिराइट लाग्ने उनले बताए ।
“कसैले पशुपतिमा गएर ब्रतबन्ध गरेको छ, न्वारन गर्न आएको छ भने त्यस्तोमा सम्झनाका लागि फोटो, भिडिओ खिच्न नपाउने भन्ने हुँदैन,” उनले टेकपानासँग भने, “त्यसबाहेक आरतीमा आफू गएको छु भन्ने जानकारी दिन सामाजिक सञ्जालमा भिडिओ राखे पनि कपिराइट लाग्दैन । तर, आम्दानी गर्ने उद्देश्यले भिडिओ राखे बुढासुब्बाले कपिराइट लगाउन सक्छ ।”
बुढासुब्बा डिजिटलले हाल ‘पशुपतिनाथ बीएसडी’ नामक युट्युब च्यानलमार्फत गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनकाे भिडिओ नियमित प्रसारण गरिरहेकाे छ । ​सामाजिक सञ्जालमा अपलोड भएको भिडिओको प्रकृति हेरी आम्दानी गर्ने उद्देश्यले अन्य व्यक्तिले राखेको पाइएमा बुढासुब्बाले कपिराइट लगाउने बताइएकाे छ ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x