आइतवार, अशोज ६, २०८१
Sunday, September 22, 2024

अन्तरास्ट्रिय कराते प्रतियगितामा पदक विजेता खेलाडिलाई विमानस्थल भब्य स्वागत ।

  • 1K
  •  
  •  
  •  
  •  
  •  
  •  
    1K
    Shares

 

अनलाइन मन्च , २९ साउन ,

युवराज लामाको नेतृत्वलाई औपचारिकरुपमा बिश्व कराते महासङले मान्यता दिए सङै पहिलो पटक दिल्लीमा सम्पन्न भएको सत्रौ इन्डिपेन्डेन्स कप अन्तराष्ट्रिय कराते प्रतियोगिता २०२३ मा सहभागिता जनाएर उत्कृष्ट प्रदर्शन गर्दै ६ स्वर्ण तथा २ रजत सहित दोश्रो टिम हुन सफल भएको नेपालि कराते टोलीलाई विमानस्थलमा भब्य स्वागत गरिएको छ । ब्यक्तिगत काता तर्फ प्रबिन मानन्धर तथा सानुमाया थिङले स्वर्ण हात पारेका थिए । कुमिते तर्फ पुस्पका लामा( ५० केजि ), मनिषा चौधरी ( – ६१ केजि ), छोङ्ला शेर्पा (२५ केजि ) प्रभात रोक्का मगर (३० के जि ) ले स्वर्ण हात पारे भने आशिका राई ( -६८ केजि ) र आशिष थापाले रजत पदक हात पारेका थिए । टोलि प्रमुख नेपाल कराते महासङका उपाध्यक्ष डा . ओमकृष्ण प्रसाईं तथा टिम ब्यबस्थापक उपाध्यक्ष मजेन्द्र सिंहका साथै शिवकार रन्जित टिम कोच र अफिसियलमा सानुभाई लामाको संयोजनमा नेपाली कराते टोलि गत शुक्रबार दिल्ली स्थित तालकटोरा स्टेडियम आएको थियो ।
टोलीलाई नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामा तथा महासचिव दावा गुरुङ लगायत अन्य संघका पदाधिकारी, खेलाडी, पत्रकार सहितले भव्य स्वागत गरेका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x